logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्युठान ट्याक्टर दुर्घटना अपडेट : मृतक सातै जनाको पहिचान खुल्यो


अंकुरण खबर
1.209K
Shares

प्युठानमा ट्याक्टर दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा मुत्यु भएका सातै जनाको पहिचान खुलेको छ।

भिग्री-स्वर्गद्धारी सड्कखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ५ बाईजाका अन्दाजी २१ वर्षिय सागर बस्नेत, २४ वर्षिय रिमबहादुर बस्नेत, १९ वर्षिय बिरेन्द्र बाठामगर, १९ वर्षिय थमन बाठामगर, २५ वर्षिय कबिराम बस्नेत, गोर्बधन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले बताए।

ट्याक्टर दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षिय कमल शवको उद्धारपछि कानुनी प्रक्रिया अनुसार आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ ।

गएराती साउने सक्रान्ती मानेर स्वर्गद्धारी धरमपानीदेखी भिग्री तर्फ आउदैँ गरेको लु २ च ४२३४ नं ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको हो।