नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।
आइतबार छापावाला सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा ९२ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।