कुटपिट गरी ५ वर्षीय छोराको हत्या गरेको अभियोगमा प्रहरीले देवाही गोनाही नगरपालिका-४ दोहर बस्ने २० वर्षीया फुली देवी सहनीलाई पक्राउ गरेको छ।
५ वर्षीय कृष्ण सहनीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। गणेश सहनीका ५ वर्षीय छोरालाई उनका सौतेनी आमा फुली देवीले कुटपिट गरे पछि मृत्यु भएको प्रहरीको भनाई छ।
फुली देवीले आफ्नो पट्टीको छोरालाई पिटेको विषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको थियो।