logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक


अंकुरण खबर
598
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

आइतवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल, श्रीराम ढकालले एक विज्ञप्ती जारी गर्दै बैठक साउन ६ गतेसम्मका लागि स्थगित भएको बताएका छन् । बैठक ६ गते ११ बजेका लागि बोलाइएको छ।

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीप्रति प्रचण्ड नरम रुपमा प्रस्तुत भएका थिए। साथै, मंसिरमै महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका थिए । तर, नेपाल, खनाल र श्रेष्ठले भने शंका व्यक्त गरेका थिए ।

अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले सहमत जनाएको शंका नेपाललगायतको थियो ।

तर प्रचण्डले आज बिहान खुमलटारमा महाधिवेशनको प्रस्तावमा आफू सहमत नभएको बिफ्रिङ गरेका छन् । सहमति नहुने देखिएपछि आजको बैठक स्थगित भएको हो ।

स्थायी कमिटी बैठक गत असार १० गतेदेखि पटक पटक स्थगित हुँदै आएको छ ।