logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कांग्रेसले सुवर्ण ज्वारचनलाई बनायो सांसद


अंकुरण खबर
806
Shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गुल्मीकी सुवर्ण ज्वारचनलाई प्रतिनिधिसभा सांसद बनाएको छ ।

प्रतिनिनिधसभा सभानुपातिक तर्फकी सांसद बागलुङकी ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि रिक्त स्थानमा ज्वारचनलाई सांसद बनाउने निर्णय कांग्रेसले गरेको हो।

कांग्रेसले समानुपातिक तर्फको सूची निर्वाचन आयोगमा बुझाउँदा छन्त्यालपछि ज्वारचनको नाम राखेको थियो।

आइतबार दिउँसो सिंहदरबारस्थित संसद सचिवालय कृषि समितिको सभाहलमा ज्वारचनलाई सांसदको सपथ खुवाउने कार्यक्रम छ।

सभामुख अग्निप्रसाद सापकोटाले ज्वारचनलाई पद तथा गोपनीयताको सपथ गराउने संघीय संसद सचिवालयले जनाएको छ।