नेपाल एयरलाइन्सका चार जना पाइलटसहित १४ जना उडान कर्मचारी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले सबै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् । निको भएका सबै संक्रमितलाई अहिले आ-आफ्नो घर पठाइएको छ ।
अब आवश्यक्ता अनुसार निको भएका कर्मचारीलाई काममा बोलाइने खड्काले बताइन् । सोल्टी होटलको क्वारेन्टिनमा बस्ने क्रममा पाइलटसहित उडान कर्मचारीमा संक्रमण देखिएको थियो ।
संक्रमण पुष्टि भएपछि एयरलाइन्सले सबैलाई ह्याम्स अस्पताल भर्ना गरेको थियो। तर पछि अस्पतालको उपचार शुल्क महंगो रहेको भन्दा पाँचौं दिनपछि संक्रमति सबैलाई सोल्टी होटलकै आइसोलेसनमा राखियो ।
एयरलाइन्सले उडानका सबै कर्मचारीलाई सोल्टी होटलमा राख्दै आएको छ ।