logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट मृत्यु भएका सप्तरीका वृद्धको परिवार सबैमा देखियो कोरोना पोजेटिभ


अंकुरण खबर
702
Shares

कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ।

मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताए।

पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा-बुहारी र दुई नाति-नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेका छन्। अहिले संक्रमित सबैलाई चिकित्सकको निगरानीमा घरकै आइसोलेसनमा राखिएको उनले बताए।

गत शुक्रबार कोरोना संक्रमित ७२ वर्षीय वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।

मृत्युपछि उनका परिवारका सदस्यको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको हो।