logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए तीन जना कोरोना संक्रमित


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ र काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै नेपालमा पछिल्ले २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ।