logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भिनाजुसँग फिरौती बुझेर भाञ्जाको अपहरण गरी हत्या गर्ने १३ वर्षपछि पक्राउ


अंकुरण खबर
1.105K
Shares

भान्जाको अपहरण गरी हत्या गर्ने एक जना १३ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेशकुमार गुप्तालाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उनलाई सर्लाहीको मलङ्गवा नगरपालिका ८ गोरखकालीबाट पक्राउ गरेको महाशाखाका एसएसपी दीपक लामाले बताए। अभियुक्तले दुई लाख ५० हजार फिरौती मागेका थिए । पछि दुई लाख रुपैयाँमा कुरा मिलेको थियो ।

यद्यपि अभियुक्त आफैले फिरौती बापतको दुई लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको एसएसपी लामाले बताए । शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उनले जानकारी दिए।

घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले गएको मङ्सिर १२ गते पक्राउ गरेको थियो । उनको बयानको आधारमा गुप्ताको खोजी भइरहेको थियो ।

२०६४ असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्ता (भान्जा) लाई राजेशकुमार (मामा) ले अपहरण गरी हत्या गरेका थिए । शव तीन दिनपछि मात्रै फेला परेको थियो ।