आइतबार मुलुकका विभिन्न ८ जिल्ला कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ र मुस्ताङ कोरोना भाइरस मुक्त भएका छन् । यस्तै हुम्ला र जुम्ला पनि कोरोना शून्य भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार तीन जिल्ला रौतहट, कैलाली र बाजुरामा भने पाँच सयभन्दा बढी संक्रमित रहेका छन् ।
नेपालमा आइतबारसम्म १७ हजार ६५८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ११ हजार ६९५ जना उपचारपछि पर्किएका छन् भने ४० जनाको मृत्यु भएको छ ।