logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थप २६ जनामा कोरोना संक्रमण


अंकुरण खबर
936
Shares

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ४ हजार ५४ पुगेको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २४ र डडेल्धुरा प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

आज फेला परेका कोरोना संक्रमित मध्ये १५ महिने दुधे बालकसमेत रहेका छन् ।