नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता शुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरु भएको हो ।
प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई राजीनामा दिन माग गरिएपछि उत्कर्षमा पुगेको विवाद साम्य भइसकेको छैन । शनिबार ओलीले पार्टीको महाधिवेशन आउँदो मंसिरमा गर्ने प्रस्तावलाई प्रचण्डले समर्थन जनाए पनि झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता अस्वीकार गरेका थिए ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्ड, नेता नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुको छलफल भएको थियो । सो छलफलमा प्रचण्डले ओलीसँग कुनै सहमति नभएको जानकारी गराएका थिए ।
आजका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि ६ गतेसम्मका लागि पुन स्थगित भएको छ ।