logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशबाट आएकालाई परीक्षण गरेर मात्रै पालिका पठाइने


अंकुरण खबर
793
Shares

सरकारले विदेशबाट आउने नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण भए/नभएको परीक्षण गरेर मात्रै पालिकामा पठाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हवाइ मार्ग हुँदै आउने नेपालीलाई पाँच दिन होल्डिङ सेन्टरमा राखेर सबैको परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आएकालाई मात्रै सम्बन्धित पालिकामा पठाउने निर्णय गरेको हो ।

यस्तै स्थल मार्गबाट आउनेको पनि कोरोना परीक्षण गरेर मात्रै सम्बन्धित ठाउँमा पठाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले सिंहदरबारको सफाइमा संलग्न सफाइकर्मीको पनि परीक्षण गर्ने भएको छ ।