नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ५८ जनाले कोरोनालाई जितेर घर फर्किएको जानकारी दिए ।
यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या भने ४० रहेको छ ।