logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले नारायणगढ मुग्लिङ सडकखण्ड अवरुद्ध


अंकुरण खबर
1.534K
Shares

नारायणगढ मुग्लिङ सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलो भन्ने स्थान नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । बिहान करिब ५ बजेतिर ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडक आयोजनाले जनाएको छ ।

अहिलेपनि पहिरो खस्ने क्रम जारी रहेकोले पहिरो हटाउने काम हुन सकेको छैन । पहिरो हटाउन दिनभर लाग्ने भएकाले वैकल्पिक बाटोको प्रयोग गर्न आयोजनाले अनुरोध गरेको छ । चार किलोमा पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।