logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिरोले पुरेर काठमाडौंमै एक जनाको मृत्यु


अंकुरण खबर
676
Shares

पहिरोले पुरिएर काठमाडौंको कागेश्वरीमा युवकको मृत्यु

पहिरोले पुरिएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीमा एक युवककोे मृत्यु भएको छ।

गएराती आएको पहिरोमा पुरिएर लमजुङ स्थायी ठेगाना भएका २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । गागलफेदीमै बसोबास गर्दै आएका गुरुङ साथीहरुसँग गाउँ घुम्ने क्रममा पानीघट्ट रिसोर्ट नजिकै माथिबाट आएको पहिरोले उनलाई थिचेको थियो।

पहिरोले थिच्नेबित्तिकै स्थानीयवासीले उनलाई पहिरोबाट निकालेका थिए। तर, निकाल्नुपूर्व नै उनको मृत्यु भइसकेको वडाध्यक्ष मुकुन्द गजुरेलले बताए।

गुरुङको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ।