logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि भारी वर्षा, नदी, किनारमा उच्च सतर्कता अपनाउन आग्रह


अंकुरण खबर
2.873K
Shares

मनसुन निकै सक्रिय भएका कारण केही हिजोदेखि देशभर अविरल वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार नै लगातार केहि दिनसम्म पानी पर्ने र बाढी तथा पहिरोको जोखिम हुने जानकारी दिएको छ ।

विभागका अनुसार आज सोमबार पनि देशभरको मौसममा पूर्ण बदली रहनेछ । महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती पनि मौसम बदली यथावत् रहने र सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जानकारी दिएको छ।  बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र महाकाली नदीमा उल्लेख्य बढ्ने तथा कोशीका केही सहायक बहाव सतर्कता आसपास हुने अनुमान गरिएको छ।

काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ । विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।