logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबुविरुद्ध जाहेरी दर्ता, आरोपित बाबु फरार  


अंकुरण खबर
689
Shares

छोरीलाई बलात्कार गर्ने बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा पीडित पक्षले आइतबार मुद्दा दर्ता गराएका हुन् । ३ साउनमा कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया र १७ वर्षीया दुई छोरीमाथि आफ्नै बाबुले बलात्कार गरेको आरोप लागेको थियो। बलात्कारको आरोप लागेका बाबु भने फरार रहेका छन्।

इलाका प्रहरी कर्यालय सुखडमा संरक्षक नभएको भन्दै ३ साउनमा मुद्दा दर्ता भएको थिएन। आइतबार जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणी र बाल यौन दुराचारमा मुद्दा दर्ता भएको डीएसपी प्रतीक विष्टले बताए। उनले फरार रहेकाको खोजी भइरहेको बताएका छन्।