logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारा र पर्सामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
689
Shares

पर्साको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ४६ जना बारा र ४ जना पर्साका वासिन्दा रहेका छन् । ४६ जना बाराको देवताल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका ब्यक्तिहरु हुन् ।

बाराका संक्रमितमध्ये देवतालका ३४, सुवर्ण र कलैयाका तीन–तीन र धनकौलका छ जना रहेका छन् । संक्रमितमध्ये एघार जना महिला रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै पर्साका चार जना संक्रमित भने होटल कुमु प्यालेसको क्वारेन्टिनमा बस्दै आएका थिए ।