logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

खुमलटारमा पूर्वमाओवादी नेताहरुको बैठक, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट अनुपस्थित


अंकुरण खबर
1.3K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टवाहेका पूर्व माओवादी निकट नेताहरुको सहभागिता रहेको छ।

पूर्वमाओवादी समूहका नेताबीच एक मत होस भन्नको लागि भेला गरिएको छलफलमा सहभागी एक नेताले बताए।

नेता माधव नेपालसंग परामर्श गरेरै प्रचण्डले भेटघाट गरिरहेका उनको सचिवालय स्रोतले जनाएको छ।