गण्डकी प्रदेशमा थप १२ जना कोरोना संक्रमित फेला परेका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा १२ जना संक्रमित फेला परेका हुन् ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३१७ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।