logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना निको भएर म्याग्दीका १४ जना फर्किए घर


अंकुरण खबर
741
Shares

म्याग्दीमा आइसोलेसनमा उपचार गराइरहेका १४ जना एकैदिन कोरोना निको भएर घर फर्किएका छन्।

आइसोलेसनमा उपचार गराइरहेका १४ जना पुरुषको पछिल्लो स्वाब नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर पठाइएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिए।

भारत र खाडी मुलकको विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका उनीहरुलाई कोरोना पुष्टि भएपछि खुल्ला मञ्चको शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालित आइसोलेसनमा राखिएको थियो। उनीहरु सबै पुरुष हुन्।

२० बेड क्षमताको आइसोलेसनमा आइतबार कोरोना पुष्टि भएका छ जनालाई राखिएको छ। हालसम्म  ५ जना महिलासहित ३४ जनाले कोरोना जितेर घर फर्किएका छन्।