logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बझाङमा पानीमा डुबेर दुई बालकको मृत्यु


अंकुरण खबर
884
Shares

बझाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

तलकोट गाउँपालिका ३, बस्तीका रुपेश रोकायाको ९ वर्षीय छोरा सोवन र सोही ठाउँका रामचन्द्र रोकायाका ८ वर्षीय छोरा सर्जनको पानीमा डुबेर मृत्यु भएको हो ।

सोही ठाउँस्थित रहेको सिँचाइको पानी ट्यांकीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरुको जिल्ला अस्पताल बझाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।