logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा मृत्यु भएका वृद्धको पसलमा काम गर्ने कर्मचारीमा पनि देखियो कोरोना


अंकुरण खबर
1.001K
Shares

सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित वृद्धको पसलमा काम गर्ने कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

राजविराज नगरपालिका-६ का ७२ वर्षका संक्रमित वृद्धको गत बिहीबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

मृत्युपछि वृद्वको परिवारका सदस्य र पसलमा काम गर्ने कर्मचारी गरी १९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये राजविराजस्थित उनको पसलमा काम गर्ने एक पुरुष र उनको कम्प्युटर मर्मत गर्न गएका एक पुरुष पनि संक्रमित देखिएका छन् ।

सोमबार बिहान उनीहरुको रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष प्रेम यादवले जानकारी दिए ।

यसअघि आइतबार मृतक वृद्वका पत्नी, छोरा, बुहारी र नाति, नातिनासमेत गरी ५ जनामा  कोरोना पुष्टि भएको थियो । उनीहरुलाई घरमै आइसोलेसनमा राखिएको छ ।