logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुङ्गा जिल्ला नै कोरोनामुक्त : ७२ वर्षीय क्यान्सर पीडितले पनि जिते कोरोना


अंकुरण खबर
1.17K
Shares

ओखलढुङ्गामा ७२ वर्षीय क्यान्सर पीडित ज्येष्ठ नागरिक कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् ।

लिखु गाउँपालिकाको सिंहदेवीका क्यान्सर पीडित पुरुषलाई क्यान्सरको समस्या जटिल बनेपछि अस्पतालबाट घर फर्काएपछि गरिएको परीक्षणमा कोरोना सङ्क्रमण देखिएको थियो । घरैमा चिकित्सकको निगरानीमा राखिएका उनमा सोमबार कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

त्यस्तै काठमाडौं, बाग्लुङ तथा साउदी अरबबाट ओखलढुङ्गा फर्किएका चार जना पनि कोरोनामुक्त भएसँगै ओखलढुङ्गा जिल्ला नै कोरोनामुक्त भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा दुई सय २६ जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ ।