logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

जनकपुरबाट पेस्तोलसहित एक जना पक्राउ


अंकुरण खबर
2.899K
Shares

कटुवा पेस्तोलसहित प्रहरीले जनकपुर उपमहानगरपालिका–८ बजरंगबाट एक जनालाई पक्राउ गरेको छ ।

बजरंग चोक डेरा गरी बस्ने सर्लाही हरिपुर्वा नगरपालिका–८ वसन्तपुर घर भएका २१ वर्षीय सुनिल कुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर उपमहानगरपालिका–९ जनकपुरधाममा पैदल हिँडिरहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनको साथबाट कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।