गोरखामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमण पुष्टि हुने तीनै जना पुरुष हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाको भीमसेनथापा गाउँपालिका, शहिदलखन गाउँपालिका र पालुङटार नगरपालिकाका एक/एक जना पुरुषमा संक्रमण भेटिएको हो ।
योसँगै गण्डकी प्रदेशमा संक्रमित व्यक्तिको संख्या १३२० पुगेको छ । हालसम्म १०१८ जना निको भएका छन् भने ४ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।