logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा कायमै रहने


अंकुरण खबर
1.235K
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझै ४–५ दिन यस्तै वर्षा कायम रहने जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने छ ।

विभागका महानिर्देशक सरजकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ब्रिफिङ गरेका थिए । त्यस क्रममा वैद्यले ९ असारपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने बताए ।

उनका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा  वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए ।

यो मात्र अझै बढेर २ सय मिलि लिटर पार्नी पर्ने सम्भावना छ । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्व पहाडी क्षेत्रमा अत्याधिक वर्षातको सम्भावना रहेको वैद्यले बताए ।