logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

डोटीको क्वारेन्टिनमा बसेका ४० जनामा कोरोना पुष्टि


अंकुरण खबर
988
Shares

सुदूरपश्चिममा आज ४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

एक साता यता आज एकै पटक ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका अधिकांश क्वारेन्टिनमा रहेकाहरू हुन्। डोटीको शिखर नगरपालिकाका क्वारेन्टिनमा रहेका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका ६० जना मध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको भएको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुषाले जानकारी दिए। उनले ३६ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि बताए।

त्यसैगरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षण गरिएका स्वावका नमूना मध्ये कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।