सर्लाहीमा मुसलधारे वर्षाका कारण उत्तरी पूर्व–पश्चिम राजमार्ग क्षेत्र डुबानमा परेको छ ।
भारी वर्षाका कारण उत्तरी क्षेत्रका हरिवन, नयाँरोड, बागमती, लालबन्दी, नवलपुरलगायत स्थानमा समेत कतिपय घरहरु डुबानमा परेको स्थानीयले जानकारी दिएका छन् ।
कतिपय ठाउँमा कालोपत्रे सडकसहित संरचनाहरुमा पानीले क्षति पुर्याएको जनाइएको छ ।