logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धादिङमा पहिराले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु


अंकुरण खबर
676
Shares

धादिङमा पहिराले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका–६ गल्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

ज्यान गुमाउनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुका डेढ वर्षीया छोरी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

आज बिहान चार बजेतिर पहिरो गएको र घटनाको जानकारी पाएपछि करिब साढे ४ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो।

घटनास्थलबाट प्रहरीले ३ जनाको शव फेला परेको जनाएको छ।