logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

लामो समयदेखि बन्द भएको हवाई यातायात भदौ १ गतेदेखि उडान सुरु हुने


अंकुरण खबर
1.599K
Shares

सरकारले आउँदो भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा कार्यविधि भने मन्त्रालयले तयार पार्नेछ ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यवसायिक उडान गएको चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।