logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज बिपि कोइरालाको ३८औं स्मृति दिवस


अंकुरण खबर
5.122K
Shares

नेपाली कांग्रेसका संस्थापक एवं देशका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ  ।

कोराइरालाको स्मृतिमा नेपाली कांग्रेस र उसका भातृ संगठनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

विक्रमसम्बत १९७१ भदौ २४ गते जन्मेका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगसँग लड्दा लड्दै निधन भएको थियो  । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका नायकका रुपमा परिचित छन् ।

कोइराला २०१५ सालको आम निर्वाचनमा नेपाली कांँग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । तर राजा महेन्द्रले उनलाई अपदस्थ गरी निर्दलीय पञ्चायत ब्यवस्था सुरु गरेका थिए ।

त्यसपछि आठ वर्ष प्रवास र पुनः स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर कारावास र संघर्षमै बीपीको जीवन बितेको थियो । विश्वेश्वरप्रसाद कोइरालाका नामले साहित्यमा परिचित उनले नेपाली साहित्य क्षेत्रमा निकै ठूलो योगदान गरेका छन् । उनका सुम्निमा, मोदी आइन्, तीन घुम्ती, नरेन्द्र दाइजस्ता कृतिहरु निकै चर्चित छन् ।