logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि


अंकुरण खबर
754
Shares

गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार दिएको अपडेट अनुसार ३ जिल्लाका थप ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु म्याग्दी, बाग्लुङ र स्याङजाका ३९३ जना रहेका छन् । संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३२९ पुगेको छ ।