logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुलामा पहिरोले घर पुरिदा दाजुभाइको मृत्यु, तीनजना घाइते


अंकुरण खबर
1.261K
Shares

दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ शंकरपुर बस्तीमा पहिरोले घर पुरिएर दाजुभाइको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बिहान ३ बजेतिर घरमाथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका-५ घर भएका २५ वर्षीय अर्जुन दर्जी र उनका भाइ २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रवक्ता प्रहरी वरिष्‍ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए।

सोही घटनामा घरधनी लक्ष्मी ढोली, उनका ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएको छन्।

अहिले प्रहरी र स्थानीय मिलेर पहिरो पन्छाउने काम भइरहेको छ। घाइतेलाई अस्पताल लैजान तयारी भइरहेको छ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका आमा-छोरीलाई थप उपचारको सुविधायुक्त ठाउँमा पठाउन हेलिकप्टरको लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।