कैलालीका विभिन्न ठाउँमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरिएको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक बिकास मन्त्रालय र अमित मेडिसिन डिष्ट्रीब्युटर्स नजिक राखिएको बम केही बेरअघि डिस्पोज गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले नेपाली सेनाको बम डिस्पोजल टोलीले ती ठाउँका बम डिस्पोज गरेको बताए।
त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका कार्यालयको अगाडि शंकास्पद वस्तु राखिएको छ। नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ।