logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा एकैपटक ४६ जनामा कोरोना संक्रमण, गाउँपालिकामा निषेधाज्ञा जारी


अंकुरण खबर
793
Shares

बाराको देवताल गाउँपालिकामा एकैपटक ठूलो संख्यामा ४६ जना स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टि भएपछि पूरै पालिका निषेधाज्ञा जारी गरिएको छ ।

७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बाराले पूरै गाउँपालिकामा आसपासका पालिकाबाट आवागमनसमेत निषेधाज्ञा जारी गरेको हो ।

संक्रमितमध्ये ११ जना महिला र ३५ जना पुरुष छन् । देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय रहेकोे जनाइएको छ ।

देवताल गाउँपालिका कार्यालय र वडा कार्यालयहरूबाट प्रदान गरिँदै आएको सेवा बन्द गरिएको छ । अत्यावश्यक खाद्यान्न औषधि, ग्यास, दूध, तेलबाहेक सम्पूर्ण पसल, तथा हाटबजार बन्द भएको छ ।

अत्यावश्यक काममा बाहेक नागरिकलाई घर बाहिर निस्कन सवारी बाहेक मोटरसाइकल समेत सञ्चालनमा प्रतिबन्ध र अन्तर आसपासका पालिकाबाट आवागमन निषेध गरिएका छ भने धार्मिक साँस्कृतिक, सामाजिक कार्य सम्पूर्णमा प्रशासनले रोक लगाएको छ ।