बिहीबारबाट सबै सार्वजानिक यातायात नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघ र ३ वटा ट्रेड युनियनहरूले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी बिहीबारबाट यातायात सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
यातायात श्रमिकहरूको सामूहिक कोरोना बीमाका लागि सरकारले ५० प्रतिशत रकम दिने सहमति भएपछि व्यवसायीहरू यातायात सञ्चालन गर्न तयार भएका हुन् ।
श्रमिकलाई आवश्यक पर्ने मास्क, पञ्जा, स्यानीटाइजर र पीपीईलगायतका स्वास्थ्य सामग्री सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने भएका छन् । यातयात सञ्चालक र श्रमिकहरुले कोरोनाका कारण मृत्यु उनीहरुका परिवारलाई आवश्यक सहयोग गर्न सम्बन्धित पक्षसंग पहल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।