नेपालमा पछिल्लो २४ घण्टामा ६०९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
आज विभिन्न आइसोलेसन तथा अस्पतालबाट थप ६ सय ९ जना डिस्चार्ज भएका हुन्। आजसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ रहेको छ । यो ६९.३४ प्रतिशत हो।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ जना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० छ।