logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

अबरुद्ध मुग्लिन–चितवन सडकखण्ड एकतर्फी सुचारु


अंकुरण खबर
1.768K
Shares

पहिरोको कारण अबरुद्ध मुग्लिन–चितवन सडकखण्ड एकतर्फी सुचारु गरिएको छ ।

लगातारको बर्षाका कारण पहिरो खस्दा मुग्लिङ– चितवन सडकखण्ड सोमबारदेखि अबरुद्ध थियो । सडक विभागको टोली,प्रहरी र अन्यको सहयोगमा पहिरो हटाई अवरुद्ध भएको सडकखण्ड एकतर्फी खुलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

एकतर्फ बाटो खुलेपछि सवारी साधनलाई पालैपाली गन्तव्यमा पठाउने व्यवस्था गरिएको छ ।