झापा प्रहरीले ९ वर्षीया बालिकामाथि जबर्जस्ती बलात्कार गरेको आरोपमा एक ७४ वर्षीय बृद्धलाई पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७४ वर्षीय टंक राई ९ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार राईले सोमबार दिउँसो ललाइ फकाइ ९ वर्षीया बालिकामाथि बलात्कार गरेका थिए ।
पीडित बालिकाका परिवारले मंगलबार बिहान मात्रै बालिका बलात्कार भएको थाहा पाएर प्रहरीलाई उजुरी दिए पछि राई पक्राउ परेका हुन् ।
पक्राउ परेका राईमाथि जबर्जस्ती करणीको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।