logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको टोखा पहिरो अपडेट : पुरिएर जुम्ल्याहाको मृत्यु


अंकुरण खबर
741
Shares

काठमाडौंको टोखा नगरपालिका–१ तासीडाँडामा पहिरोमा परी जुम्ल्याहा जोडीको मृत्यु भएको छ ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्ध्या रानाको मृत्यु भएको हो । सचिन र सन्ध्या जुम्ल्याहा हुन्।

तीन दिनदेखि लगातार पानी परिरहेको बेला बिहान खाना खाएर नभ्याउँदै टहरो रहेको पूरै जमिन एक्कासि भासिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ ।

हिँड्न सक्नेहरु सबैले भागेर ज्यान जोगाए पनि तीन वर्षका जुम्ल्याहा बालबालिकाको मृत्यु भएको हो ।

धनकुटाको भेरी गाउँपालिका–२ गुराँसे स्थायी घर भएका उनीहरु आमाबुबासँग सोही टहरोमा बस्दै आएका थिए । उनीहरुका आमाबुबा मजदुर हुन् ।