logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज मध्यरातिबाट लकडाउन अन्त्य,भदौ १ गतेबाट विद्यार्थी भर्ना खुल्ला गरिने


अंकुरण खबर
1.196K
Shares

गत चैत ११ गतेबाट सुरु  लकडाउन सरकारले आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

लकडाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन, व्युटि पार्लर स्वीमिङ पुल,खेल स्थान लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने छ । तर भदौ १ गतेबाट भने विद्यार्थी भर्ना खुल्ला गरिने छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाकाबाट स्वदेश आउन साउन ३२ गतेसम्म बन्देज गरिएको छ । त्यस्तै भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
सीमा क्षेत्रबाट लुकिछिपी आए कानून अनुसार कारवाही हुने प्रवक्ता खतिवडाले जानकारी दिए । सरकारले लकडाउन अन्य गरे पनि आवश्यक सुरक्षाका सम्पूर्ण उपाय अप्नाउन सबैलाई आग्रह गरेको छ ।