logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारा र पर्साका थप ९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.508K
Shares

बुधबार पर्सा र बारामा ९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोमबार कन्ट्याक्ट ट्रेसिङमा परेका र आफ्नै खर्चमा पीसीआर परीक्षण गराएका ९ जनामा संक्रमण पुष्टि भएको हो।

मारुती फर्मास्युटिकल्समा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको कन्ट्याक्टमा रहेका मानिसहरुको कोरोना परीक्षण गरिएको थियो।

संक्रमण पुष्टि भएकाहरुलाई नारायाणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालको आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ।