logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन खुलेसँगै आजदेखि मापसे चेकिङ


अंकुरण खबर
1.274K
Shares

कोरोना भाइरसको महामारीका कारण रोकिएको मादक पदार्थ सेवन (मापसे)को जाँच आजदेखि पुनः सुरु भएको छ।

लकडाउन खुलेसँगै मापसे जाँच पनि थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए। ‘लकडाउनको समयमा मापसे जाँच गरिएको थिएन। तर, मापसे गरी सवारी चलाएको पाइएकाले पुनः जाँचसुरु गरिएको छ,’ एसएसपी ढकालले भने।

अब मापसे जाँचमा थप कडाइ गरिएको छ। यस अघि निश्चित चोकमा ट्राफिक प्रहरी खटिने गरेको थियो। आजदेखि भने मापसे हुने सम्भावित होटल, रेस्टुरेन्ट नजिक पनि प्रहरी खटिने उनले बताए।

महामारीको समयमा जोखिमपूर्ण भएपनि मापसे गरी सवारी चलाउँदा दुर्घटना हुने भएकाले जाँच सुरु गरिएको उनको भनाइ छ। मापसे जाँचमा खटिने सबैले सुरक्षाका उपायहरु अपनाउने भएका छन्।

मापसे गरेको पाइएमा पाँच मिनेटभित्र स्वास्थ्य परीक्षण गरिने भएको छ। त्यसपछि मात्रै आवश्यक कारबाही गरिने उनले बताए।

बुधबार राति १२ बजेदेखि लकडाउन अन्त्य भएको छ। लकडाउन अन्त्यसँगै बिहीबार बिहानैदेखि सवारी साधनको चाप बढेको छ।