logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लमजुङमा पहिरोले २७ घर पुरियो, मानवीय क्षति भएन


अंकुरण खबर
910
Shares

लमजुङको मस्र्याङदी गाँउपालिकामा भिषण पहिरो गएको छ ।

मस्र्याङदी गाँउपालिका बडा नम्बर तीनको खुदीको पल्लो टारीबस्ती पहिरोले पुरेको हो । पहिरोले सो स्थानमा रहेका २७ वटा घर पुरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार विहानै सानो पहिरो खसेपछि सो स्थानमा रहेका मानिसहरुलाई विहानै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

पहिरो प्रभावित क्षेत्रमा खुदीवाट विहानै प्रहरी टोली पुगेर स्थानीयको उद्दार सुरु गरेको थियो । ठुलो पहिरो खसेको जानकारी पाएपछि सदरमुकामवाट सेना र प्रहरीको टोली पनि त्यसतर्फ पठाइएको छ ।

पहिरोले गाँउ नै पुरेको र सानो–सानो पहिरो खस्ने क्रम नरोकिएकाले उद्दार गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।