स्याङ्जाको गल्याङ नगरपालिका १० गाउँस्वारामा गएको पहिरोले एक घर बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५२ वर्षीया माया सारु रहेकी छिन्। पहिरोमा परी उनकी छोरी २० वर्षीया नारायणी सारु भने घाइते भएकी छन्। नारायणीलाई उपचारको लागि पोखरास्थित मोडल अस्पताल लगिएको प्रहरीले जनाएको छ।
आमा छोरी मात्रै बस्दै आएका घरमा माथिबाट पहिरो आएर घर बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।