logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पहिलो पटक कोरोनाबाट एक विदेशी नागरिकको मृत्यु


अंकुरण खबर
910
Shares

कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक एक विदेशी नागरिकको मृत्यु भएको छ ।

काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो। अस्पतालका निर्देशक डा. रोहित पौडेलले ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे।

मंगलबार बेलुका अस्पताल भर्ना भएका उनको आज विहान मृत्यु भएको पौडेलले जानकारी दिए ।

मृतक महिलालाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो। ग्रान्डी अस्पतालमै हुँदा उनमा संक्रमण पुष्टि भएको थियो।