अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ ।
भारतको नयाँदिल्लीमा उनको उपचारका क्रममा निधन भएको हो । उनी चर्चित नेपाली अभिनेता राजेश हमालका एक मात्र भाई हुन् ।
कलेजोको समस्याका कारण उनलाई केहीदिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्याइएको थियो । उनका श्रीमती र दुई छोराछोरी छन्।
अभिनेता राजेश र भाइको परिवार काठमाडौं स्थित एउटै घरमा बस्दै आएका छन्।
राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।