logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
663
Shares

नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म  १२ हजार ६ सय ८४  निको भएर घर फर्किएका छन् ।

आज मात्रै कोरोनालाई जितेर २०७ जना घर फर्किएका छन् ।

त्यस्तै बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।